काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशहरुमा “Training on Risk Assessment & Sustainable Growth” तालिम सम्पन्न गरेको छ।

कात्तिक २० गतेबाट वागमती प्रदेशको चितवन सौराहा बाट शुरु गरिएको तालिम लुम्बिनी प्रदेशको नेपालगञ्जमा गएर समापन गरिएको छ ।

सबै स्थानमा आयोजना भएको “Training on Risk Assessment & Sustainable Growth” तालिम कार्यक्रममा १४० वटै शाखाहरुमा कार्यरत सबै शाखा प्रमुखहरु तथा सबै प्रदेशहरुमा कार्यरत २२ जना कार्यक्रम अधिकृतहरु गरी १६२ जना कर्मचारी सहभागी भएका थिए ।
तालिम कार्यक्रममा जोखीम मूल्यांकन तथा संस्थागत दिगो वृद्धि विषयमा प्रशिक्षण दिइएको थियो । सौराहा, वर्दिवास, बुटवल र नेपालगञ्जमा सम्पन्न भएका तालिम कार्यक्रमहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले समुद्घाटन गरेका थिए । समारोहमा सहायक महाप्रवन्धक मनरुपा पौडेल तथा सबै विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो भने कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले स्वागत मन्तव्य र प्रमुख व्यापार अधिकृत चन्दन कुमार सरदारले कार्यक्रमको संचालन गरेका थिए ।

लुम्बिनी प्रदेशको बुटवलमा आयोजीत कार्यक्रमलाई यसै संस्थाका संचालक समितिका सदस्य गोपाल प्रसाद वश्यालले सम्बोधन गर्दै संस्थालाई लघुवित्त क्षेत्रमा अब्बवल संस्थाको रुपमा स्थापित गर्न प्रमुख कार्यकारी अधिकृतले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको र आरम्भ चौतारी लघुवित्तलाई एक सफल संस्थाको रुपमा परिचित गराएको बताए ।
कार्यक्रममा यस आर्थिक वर्षको पहिलो त्रैमासमा शतप्रतिशत लक्ष्य पुरा गरेका शाखाहरुलाई बधाई ज्ञापन गर्दै शतप्रतिशत लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर कार्य गर्न निर्देशन दिए । शाखामा कर्मचारी एकतावद्ध भएर शाखाले लिएको लक्ष्यमा केन्द्रित भएर काम गरी सफलता प्राप्त गर्न निर्देशन दिँदै प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले जिम्मेवारीपूर्वक सबैले चिन्ने काम गरी परिचित हुन सकारात्मक उर्जा प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सहायक महाप्रवन्धक मनरुपा पौडेलले जोखीम व्यावस्थापन मूल्यांकन र दिगो व्यवसाय वृद्धि सम्बन्धमा तालिम दिएका थिए । विशेषगरी वित्तीय जोखीम मूल्यांकन, संस्थागत जोखीम न्यूनीकरण, गुणस्तरीय व्यवसाय बृद्धि गर्ने रणनिती, लेखा प्राणलीमा देखीएका समस्याहरु सहजीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक मुख्य व्यापार अधिकृत चन्दन कुमार सरदारले कर्मचारी व्यवस्थापन, कर्मचारी आचार संहिता, कर्मचारीको काम, कर्तव्य र जिम्वेवारी सम्वन्धि विषयमा प्रशिक्षण दिएका थिए ।प्रशिक्षक कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले संस्थागत कार्यविधी तथा नीति नीयम सम्बन्धि, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जारी गरेका निर्देशनहरु, यस आर्थिक वर्षको दोश्रो त्रैमासलाई जारी गरिएको व्याजदर, कर्जा जोखीम मूल्यांकन तथा असुली प्रकृया र गुणस्तरीय व्यवसाय बृद्धि सम्वन्धी विषयमा तालिम दिएका थिए ।
यसैगरी जोखीम तथा कर्जा असुली विभागमा कार्यरत महेन्द्र आचार्यले कर्जा असुली प्रकृयामा देखिएका समस्याहरु तथा समाधानका उपायहरुको बारेमा र समान्य सेवा विभाग प्रमुख होम प्रसाद अधिकारीले कार्यलय संचालन तथा व्यवस्थापनमा देखीएका सम्स्या, लघु म्यादी जिवन विमा सम्बन्धी र कर्जा सदुपयोगीता सम्बन्धि प्रशिक्षण दिएका थिए ।

सबै प्रदेशमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले कर्मचारीको उच्च मनोवल वृद्धि गराउन आफु सधँै लागि पर्ने बताए । संस्थागत हितको लागि सबै कर्मचारी एकताबद्ध भएर काम गर्नुपर्ने बताउँदै संस्थागत अनुशाशन भंग गर्ने जो कोहीलाई छुट नहुने बताए ।
कार्यक्रममा यसै आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासीक प्रगती समीक्षा तथा अर्धवार्षिक लक्ष्य बारेमा सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेलले डाटा प्रस्तुतीकरण र कार्यक्रमको संचालन टोप बहादुर रास्कोटीले गरेका थिए । यसैगरी सबै प्रदेशको कार्यक्रममा कर्मचारहिरुको वृत्तिविकासको लागि संस्थाले लिएको आन्तरीक परिक्षामा सबै तहका कर्मचारीहरुले परीक्षामा सहभागीता जनाएका थिए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ५७ जिल्लाहरुमा १४० शाखा कार्यालयहरुको सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आईरहेको छ ।
२०८२ आश्विन मसान्तसम्ममा १ लाख ३ हजार सदस्य मार्फत १ अर्व ८९ करोड बचत संकलन गरी ३३ हजार ऋणी मार्फत ५ अर्ब ६४ करोड कर्जा प्रवाहा भएको छ ।





प्रतिक्रिया दिनुहोस्