स्वाबलम्बन लघुवित्तका केन्द्र प्रमुखहरूलाई वित्तीय साक्षरता प्रदान

आर्थिक लाइभ
आर्थिक लाइभ १५ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय कृष्णपुर कन्चनपुरले वित्तीय साक्षरता प्रदान गरेको छ । आफ्नो कार्यक्षेत्रमा रहेका १ सय ५० केन्द्रहरूका केन्द्र प्रमुख तथा आमन्त्रित अभिभावकहरूको सहभागितामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कृष्णपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको प्रमुख अतिथिमा भएको कार्यक्रममा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लि. इलाका धनगढीका इलाका प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय कृष्णपुरका असइ मोहन राज जोशी अतिथि रहेका थिए ।

कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी, बचतको महत्त्व, कर्जाको सदुपयोग, पारिवारिक बजेटमा आम्दानी र खर्चको लेखाजोखा तथा वित्तीय अनुशासन भंग गर्न अराजक समुहले फैलाएको भ्रमको सम्बन्धमा शाखा कार्यालयका बरिस्ठ सहायक जगदीश चौधरी, शाखा प्रबन्धक श्याम कुमार रमौली र इलाका प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठले प्रस्ट पारेका थिए ।

त्यसैगरी लघुवित्त कार्यक्रमबाट १०० मा ९५ जनाले फाइदा लिएको भएतापनि ५ जनाले फाइदा लिन नसक्दा ती ५ जनाले नै लघुवित्तको बदनाम गर्न र भ्रम सृजना गर्न लागिपरेको प्रमुख अतिथिले आफ्नो मन्तव्यमा राखेका थिए । कार्यक्रमको सञ्चालन शाखाका बरिष्ठ सहायक देवकी अर्यालले गरेकी थिइन् । स्वावलम्बन लघुिवत्त वित्तीय संस्था लि. को कार्यक्रम सम्बन्धी र हाल लघुवित्तको अवस्थाबारे समसमायिक विषयमा अन्तरक्रिया तथा छलफल भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्