अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ २० फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने अर्धवार्षिक प्रगति समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

वित्तीय संस्थाले पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गतका कार्यालय प्रमुखहरुसँग यही फागुन १७ गते इटहरीमा वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापा साथै प्रमुख कार्यकारी अधिकृतको तेजेन्द्र शर्मा लम्सालको समुपस्थितिमा र मध्य क्षेत्र अन्तर्गत अनुगमन रुपनी र ढल्केवर अन्तर्गतका कार्यालय प्रमुखहरुसँग १९ गते प्रमुख कार्यकारी अधिकृतको समुपस्थितीमा बर्दिवासमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा दोश्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा, बजेट कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका सम्भावित उपायहरु र भावी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजिकरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल र मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्