बनेपा । बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा वनेपा पाटी भेन्यूमा सम्पन्न भएको छ। साधारण सभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरेको छ।

सभामा विभिन्न शेयरधनीहरूबाट उठाइएका जिज्ञासा, सल्लाह तथा सुझावका विषयमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र सञ्चालक समितिका अध्यक्ष विनोद ज्ञवालीले प्रष्ट पारेका थिए ।

सञ्चालक समितिको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य सञ्चालक समितिका सदस्य पुष्पराज ढकालले व्यक्त गरेका थिए भने सञ्चालक सन्तोष पोख्रेलले वार्षिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।

साधारण सभामा अध्यक्ष विनोद ज्ञवालीले संस्थाले आधुनिक प्रविधिमैत्री सेवा विस्तार गर्दै ग्राहक सदस्यहरूमा उद्यमशीलता विकास तथा वित्तीय साक्षरतामा विशेष जोड दिई कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।

सभामा संस्थापक शेयरधनी डा.बालकृष्ण चापागाईंले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले पिछडिएका वर्गलाई विनाधितो सामूहिक जमानीमा कर्जा लगानी गरी स्वरोजगार सिर्जना, आयआर्जन वृद्धि, दिगो बचत परिचालन र चेतना अभिवृद्धि गर्दै गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले आगामी दिनमा अझ प्रभावकारी सेवा उपलब्ध गराउन सुझावसमेत दिएका थिए । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल ७ प्रदेशका ५७ जिल्लामा रहेका १४० शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।





प्रतिक्रिया दिनुहोस्