काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय भएको हो।
हाल १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको हो। ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो।





प्रतिक्रिया दिनुहोस्