चिलिमे जलविद्युतले घोषणा गर्‍यो लाभांश

आर्थिक लाइभ
आर्थिक लाइभ ९ पुष २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा समेत डाकेको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश प्रदान गरिनेछ ।

यस्तै कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्