काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सेयर बजारबाट कुल ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका छन्। यो अघिल्लो वर्षको ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँको आम्दानीभन्दा ५३.६० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्याङ्कअनुसार ग्लोबल आइएमई बैंक सेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने बैंक रहेको छ। बैंकले ९१ करोड ६८ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.८५ प्रतिशतले वृद्धि हो। दोस्रो स्थानमा नबिल बैंक रहेकाले ७६ करोड ८१ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ, ४३.१३ प्रतिशत वृद्धि भएको छ।

सरकारी बैंकहरूले पुँजी बजारबाट हुने आम्दानीमा सबैभन्दा उच्च वृद्धिदर देखाएका छन्। कृषि विकास बैंकको सेयर बजार आम्दानी ८८७.१७ प्रतिशतले बढेर ५७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको आम्दानी १५३.९७ प्रतिशतले वृद्धि भई १२ करोड ९४ लाख ९९ हजार, नेपाल बैंकको आम्दानी ७८.२० प्रतिशतले बढेर २० करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
अन्य बैंकहरूको आम्दानी यस प्रकार छ:
नेपाल इन्भेष्टमेन्ट बैंक – ७६ करोड ६० लाख (६३% वृद्धि)
स्ट्यान्डर्ड चार्टर्ड बैंक – ७२ करोड १० लाख (६.०८% वृद्धि)
हिमालयन बैंक – ६३ करोड २५ लाख (४९.९५% वृद्धि)
सानिमा बैंक – ५९ करोड ३३ लाख (१४.६१% वृद्धि)
प्रभु बैंक – ५४ करोड २६ लाख
एभरेष्ट बैंक – ४९ करोड ९३ लाख
सिद्धार्थ बैंक – ४२ करोड ४१ लाख
कुमारी बैंक – ४० करोड ९३ लाख
एनएमबि बैंक – ३६ करोड ५ लाख
माछापुच्छ्रे बैंक – ३३ करोड २१ लाख
सिटिजन्स बैंक – ३० करोड २७ लाख
नेपाल एसबिआई बैंक – २८ करोड ८ लाख
प्राइम बैंक – २४ करोड ३ लाख
एनआईसी एशिया बैंक – १६ करोड २७ लाख
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सेयर बिक्रीसम्बन्धी नियम परिमार्जन गरेपछि बैंकहरूले एक वर्ष पुरानो लगानीबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न सक्ने सुविधा पाएका छन्। यसले बैंकहरूको लगानी आम्दानीमा उल्लेखनीय वृद्धिमा सहयोग पुर्याएको छ।




प्रतिक्रिया दिनुहोस्