काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साधारण सभा आगामी पुस ३० गते दिउँसो १ बजे पोखरास्थित कम्पनीको प्रधान कार्यालयमा आयोजना हुनेछ। यस वर्षको सभामा लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश नहुने स्पष्ट गरिएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य वित्तीय विवरणहरू अनुमोदन गरिनेछ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसैगरी, बैठक भत्ता अनुमोदन तथा निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने प्रस्तावहरू पनि सभाको कार्यसूचीमा समावेश गरिएको कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्