नाफा बढाएर देखाए पनि वाणिज्य बैंकका सेयरमा गिरावट

आर्थिक लाइभ
आर्थिक लाइभ २ भाद्र २०८२, सोमबार
2 Min Read
Aa
3d red arrow down in business graph on white

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा एक दर्जनभन्दा बढी बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको २०८१/८२ आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरैजसो बैंकको खराब कर्जा अनुपात उच्च दरमा पुगेको देखिन्छ।

एभरेष्ट बैंकले ०.३८ प्रतिशतमा खराब कर्जा सीमित गर्दा हिमालयन बैंक ७.२८ प्रतिशतसहित सबैभन्दा धेरै खराब कर्जा भएका बैंकमध्ये पहिलो स्थानमा परेको छ।

एनआइसी एसिया बैंकले खराब कर्जा करिब दोब्बरले बढाएको छ। २०८०/८१ मा ३.४५ प्रतिशत रहेको अनुपात २०८१/८२ मा ६.२८ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई बैंकको एनपीएल पनि ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत भएको छ। प्रभु बैंकले ४.९४ प्रतिशतबाट बढाएर ४.९६ प्रतिशत पुर्याएको छ।

नेपाल एसबिआइ बैंकले पनि खराब कर्जा दोब्बरभन्दा बढी बढाएको छ। अघिल्लो वर्ष १.९६ प्रतिशत रहेको अनुपात २०८१/८२ मा ३.३५ प्रतिशत पुगेको हो। एनएमबी बैंकले पनि ३.४ प्रतिशतबाट बढाएर ३.७२ प्रतिशत पुर्याएको छ।

कुमारी बैंकको खराब कर्जा अनुपात ५.९५ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ भने सिद्धार्थ बैंकले २.१७ प्रतिशतबाट २.६२ प्रतिशत पुर्याएको छ।

सिटिजन्स बैंकको एनपीएल ४.१ प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। नेपाल बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। प्राइम बैंकले ४.६५ प्रतिशतबाट बढाएर ५.५६ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ४.९१ प्रतिशतबाट बढाएर ५.८५ प्रतिशत पुर्याएका छन्।

सानिमा बैंकको खराब कर्जा अनुपात पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको अनुपात २०८१/८२ मा ३.०१ प्रतिशत पुगेको छ।

यद्यपि, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले भने खराब कर्जा अनुपात केही हदसम्म घटाउन सफल भएका छन्।

विशेषज्ञहरूका अनुसार बैंकहरूको खराब कर्जा बढ्नुले कर्जा लगानीमा जोखिम बढेको देखाउँछ र यसले आगामी दिनमा वित्तीय स्थायित्वलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्