गभर्नर नियुक्तिको संकेतपछि उच्च अंकले बढ्यो नेप्से

आर्थिक लाइभ
आर्थिक लाइभ ७ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा राजनीतिक सहमतिको संकेत देखा परेपछि देशको पूँजीबजार सकारात्मक तरंगमा आएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच अंकले बढेको छ। आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम भने घटेको छ । आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज २२९ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज पनि सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ओम मेगाश्रीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राद्यी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ४१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्