काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेर २ हजार ८ सय ९०.२८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.६७ प्रतिशतले बढेको हो । गत बिहीबार ४९ अंकले बढेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति दोहोर्याएको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४४ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रह्यो । १ लाख ३९ हजार ५ सय ९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १४ अर्ब २५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामुहिक लगानी कोष बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले बढेको हो ।




प्रतिक्रिया दिनुहोस्