कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

आर्थिक लाइभ
आर्थिक लाइभ ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेप्सेले बैंकको कारोबार रोक्का गरेको सूचना जारी गरेको छ । मंगलबार यस बैंकको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बैंकलाई बुधबार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको पत्र नेपाल स्टक एक्स्चेन्जलाई बुधबार नै पठाएको थियो ।

समस्याग्रस्त घोषित यस बैंकमा सर्वसाधारणको पाँच अर्ब १८ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । कर्णाली विकास बैंकबाट हालसम्म तीन अर्ब ६९ करोड ९२ लाख कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्