लघुवित्त बैंकर्स संघले माग्यो सरकार र राष्ट्र बैंकसँग सुरक्षा(विज्ञप्तिसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले राष्ट्र बैंक र सरकारसँग सुरक्षाको माग गरेको छ । जाजरकोटमा एक लघुवित्तका कर्मचारीलई स्थानियले कुटपिट गरेर कालोमोसो दलेपछि संघले विज्ञप्ति जारी गर्दै सुरक्षाको माग गरेको हो ।
बुधबार एनआइसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपल प्रसाद उपाध्यलाई अज्ञात समूहले कुटपिट गरी कालोमोसो दलेको थियो । ‘घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको नै आवश्यक पर्दछ, त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरेहको लघुवित्तका कर्मचारीमाथि नै यस्तो घटना हुन अमानविय भएको संघले बताएको छ ।

‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्