काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिको प्रक्रियामा रहेका १४ कम्पनीलाई आफ्नो पाइपलाइन सूचीबाट हटाएको छ। प्रतिशेयर नेटवर्थ (प्रति शेयर खुद सम्पत्ति मूल्य) ९० रुपैयाँभन्दा कम भएका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनी हटाइएका हुन्।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बिजपार्टीसँग कुरा गर्दै भने, “प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ स्वीकृति दिन मिल्दैन, त्यसैले ती कम्पनीलाई हाललाई हटाएर ९० रुपैयाँभन्दा माथि कायम भएको पुष्टि गरी पुनः प्रक्रिया सुरु गर्न भनिएको हो।”

हटाइएका कम्पनीमा एपेक्स हस्पिटल, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबुलकार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, पुवाखोला वन हाइड्रोपावर, युनिक हाइडेल, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, कान्तिपुर टीभी, प्रभु हेलिकप्टर लगायत छन् ।




प्रतिक्रिया दिनुहोस्