सेयरबजारमा ५ अर्बको कारोबार, बैंकिङमा उत्साह

आर्थिक लाइभ
आर्थिक लाइभ २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । सेयरबजारमा आज कारोबार रकम ५ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १ करोड ८३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा पनि आज उच्च अंकले वृद्धि भएको छ।

नेप्से सूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा आइपुगेको दिन २ सय ११ वटा सेयरको मूल्य बढेको छ। यस्तै २९ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

आज कम्पनीहरुको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ। बुधबार जानकी फाइनान्सको सर्वाधिक ३६ करोडको सेयर कारोबार भएको छ। बैंकिङ समूहमा उत्साह देखिएको छ। यस समूहको सूचक ३.४३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्