काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनोटका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेश सँगै अध्यक्ष नियुक्त तत्काल रद्द गर्न नमिल्ने भएको छ । सरकारले यसअघि नै यो प्रकृया रद्द गरिसकेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध अध्यक्षका प्रत्यासी सन्तोष नारायण श्रेष्ठ सोमबार अदालत गएका थिए ।
उनले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्