धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

आर्थिक लाइभ
आर्थिक लाइभ १८ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेका थिए ।

समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै श्रेष्ठले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्