हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

आर्थिक लाइभ
आर्थिक लाइभ १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय निजगढ,बाराले बीमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला कोल्हबी नगरपालिका वडा नं.८,नयाँबस्ती टोलमा रहेको केन्द्र न.७५ की सदस्य राधिका धितालको श्रीमान चोक बहादुर धितालको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो ।

सदस्य राधिका धितालले संस्थाबाट रु.१,००,००० कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु.२५,००० तथा तिरेको किस्ता रकम रु.१,००,००० समेत फिर्ता गरी जम्मा रकम रु.१,२५,००० निज सदस्य राधिका धिताललाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक अर्चना भट्टराईले बताइन् ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै नयाँबस्ती टोलका भद्रभलादमीहरुले संस्थालाई धन्यवाद दिएका छन् ।

त्यस्तै श्रीमान गुमाउनुको पिडा त छदै छ यस्तो अवस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र समयमा बीमा बापतको रकम उपलब्ध गराई मेरो पिडामा मलम पट्टी संस्थाले लगाएको सदस्य राधिका धितालले बताइन् ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक अर्चना भट्टराई तथा शाखाका कर्मचारी बिशाल पौडेल र मनिषा मैनालीको उपस्थिति रहेको थियो भने केन्द्र न.७५ का सदस्यहरु र भद्रभलादमीहरुको उपस्थिति पनि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array