एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ ३ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेललाई नियुक्त भएका छन् । सञ्चालक समितिकाे बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत रहेका सुवर्ण पौडेललाई यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको हाे ।
यसका साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा संस्थापक समुहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले माघ २ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजिनामा दिएका थिए । यस संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले माघ २ गते, मंगलबार साँझ ५ः०० बजे बसेको उक्त राजिनामा स्वीकृत गरेको छ ।
अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमइ फाइनान्सिङमा विद्दावारीधी गरी रहेका छन् । उनीसँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ ।
साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array