मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

आर्थिक लाइभ
आर्थिक लाइभ २९ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । मानुषी लघुवित्त वितीय संस्था र श्रीजनशील लघुवित्त वित्तीय संस्था एकापसमा गाभिने भएका छन् ।

मानुषी लघुवित्तले शनिबार सम्पन्न विशेष साधारण सभाले गाभिने प्रस्ताव पारित गरेको हो ।
सभाले ७३ : १०० को सेयर स्वापमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समिति निर्विरोध चयन पनि गरेको छ ।

गाभिने सम्बन्धमा दुई कम्पनी बीच गत आर्थिक वर्ष २०७९/ ०८० मा नै प्रारम्भिक सम्झौता भएको थियो ।

सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array