नेरुडेको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय सस्थाले प्रदेश कार्यालय इटहरी अन्तर्गत रहेका कार्यालय प्रमुख, निरीक्षण अधिकृत र केन्द्रीय कार्यालको विभागमा कार्यरत केही गरी ५२ जना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम इटहरीमा सम्पन्न गरेको छ । उक्त तालिममा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहाल रहेका थिए ।

नेरुडेले गत भदौ ८ गते प्रदेश कार्यालय बुटवल र भदौं २९ गते प्रदेश कार्यालय वर्दिवास अन्तर्गतका कार्यालय प्रमूख र निरिक्षण अधिकृतहरुको लागी उक्त विषयमा तालिम सम्पन्न गरीसकेको छ ।

इटहरीमा सम्पन्न भएको कार्यक्रमसँगै नेरुडेले आफ्ना सम्पुर्ण कार्यालयका प्रमुखहरु, प्रदेश कार्यालयका निरीक्षण  अधिकृतहरु र केन्द्रीय कार्यालयका सम्बन्धित विभागमा काम गर्ने कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम सम्पन्न गरिसकेको संस्थाका योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array