नेरूडे र मिर्मिरे लघुवित्त मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृति

आर्थिक लाइभ
आर्थिक लाइभ १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेरूडे र मिर्मिरे लघुवित्तलाई एकआपसमा मर्जरका लागि राष्ट्र बैंकले स्वीकृति दिएको छ । विराटनगर महानगरपालिका–३ मा केन्द्रीय कार्यालय रहेको नेरूडे र बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरेबीच ११ पुस २०७९ मा एकआपसमा गाभ्ने/गाभिने सम्झौता भएको थियो ।

मर्जरका लागि दुवै कम्पनीको स्वाप रेसियो १ बराबर १ अनुपात कायम हुने छ । बजारमा दुवै कम्पनीको सेयर मूल्य पनि करिब उस्तै छ । कारोबार बन्द हुँदा मिर्मिरेको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ र नेरूडेको ५५९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

Array