ग्रामीण विकास लघुवित्तको डिसिईओमा पाण्डे नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुला प्रतिस्पर्धाबाट नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा दिपक प्रसाद पाण्डे नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले पाण्डेलाई आगामी चार वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले मंगलबार पद तथा गोपनियताको सपथ गराए ।

सो अवसरमा सम्पूर्ण विभागिय प्रमुखहरु र संस्थामा क्रियाशील तीनवटै युनियनका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापनाकाल देखि नै विभिन्न विभागको विभागीय प्रमुख, कम्पनी सचिव र प्रदेश प्रमुखको पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पाण्डे लघुवित्त क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका पाण्डेको लघुवित्त संस्थाको उच्च व्यवस्थापनमा करिव २७ वर्ष लामो अनुभव रहेको छ । सञ्चालक समितिले पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेसँगै संस्थाले थप नयाँ उचाई लिने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्