लघुवित्त कर्मचारी मञ्च देउखुरी दाङको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ २३ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं । लघुवित्त कर्मचारी मञ्च देउखुरी दाङले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले शुक्रबार लमही नगरपालिका वडा नं. ३ मा रहेको माध्यमिक विद्यालय फल्कापुरमा उक्त कार्यक्रम आयोजना गरेको थियो । जसमा लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्था जलुकेका शाखा प्रबन्धक केशवराज पोख्रेलको सभापति तथा विद्यालयकी प्र.अ सम्झना शर्माको प्रमुख अतिथ्यता तथा प्लस टु कोडिनेटर वोध प्रकाश यादवको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लघुवित्त कर्मचारी मञ्चका सदस्य तथा उपकार लघुवित्तका शाखा प्रमुख दिपेश पुनले लघुवित्तको विकासक्रम, हाल नेपालमा लघुवित्तको अवस्था र यसले समाजमा पु¥याएको योगदानको बरेमा प्रकाश पारेका थिए । साथै लघुवित्त कर्मचारी मञ्चका वरिष्ठ उपाध्यक्ष तथा फरवार्ड लघुवित्त नर्तिका शाखा प्रबन्धक रेशुलाल चौधरीले वित्तीय साक्षरता अन्तर्गत वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कर्जा नतिर्दा हुने हानी र त्यस्ले पार्ने प्रभाव बारे स्वभिमान लघुवित्तका शाखा प्रमुख तेज कुमारी वलिले जानकारी गराएका थिए । विद्यालयका करिब ८०जना विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । विद्यालयका शिक्षक बोध प्रकाश यादवले यस कार्यक्रममार्फत आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद ज्ञापन दिएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना निकै प्रभावकारी भएको तथा लघुवित्तको बारेमा लिएको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्दै परिवार र समाजलाई पनि जानकारी गराउनु होला भनी लघुवित्त कर्मचारी मञ्च दाङ देउखुरीका अध्यक्ष तथा नेशनल लघुबित्त जलुकेका शाखा प्रमुख केशब राज पोख्रेलले बताएका थिए । कार्यक्रमको सहजीकरण मञ्चका सचिब तथा उन्नति सहकार्य लघुवित्तका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए भने स्वागत मन्तव्य मञ्चकी सहसचिव तथा लक्ष्मी लघुवित्तका शाखा प्रमुख शिला जिसीले गर्नुका साथै विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array