सेयर बजारमा पहिरोः २०३ कम्पनीको सेयर मूल्य घट्यो

आर्थिक लाइभ
आर्थिक लाइभ २१ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १३.४९, विकास बैंक ४४.२५, वित्त १९.३०, होटल ९३.३९, जलविद्युत ५०.३९, जीवन बिमा १५०.५२, माइक्रोफाइनान्स ८९.०१, माइक्रोफाइनान्स ४९.५१, निर्जीबन बिमा १४१.६९ अन्य समूहको उपसूचक २९.४८ अंकले घटेको छ ।

कारोबारमा शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाईड्रोपावर, इङवा हाईडोपावरका लगानीकर्ताले कमाएका छन् । कारोबारमा बाराही हाईडोपावर, अप्पर सोलु हाईडो इलेक्टीक कम्पनी, न्यादी हाईडोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array