आयल निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आर्थिक लाइभ
आर्थिक लाइभ १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ।
प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशन लगत्तै निगमले विज्ञप्ति जारी गर्दै मूल्य फिर्ता लिएकोबारे जानकारी गराएको हो।

निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निर्देशन बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी हाल भएको मृल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि गर्ने निर्ण आजै राजराति १२ बजेबाट लागू हुनेगरी फिर्ता लिएको व्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्