९७ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ १५ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र २०८५ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकका अनुसार बचतपत्रको बैशाख १७ गतेदेखि जेष्ठ १७ गतेसम्म बिक्री खुला हुनेछ भने जेष्ठ २४ गते निष्काशन हुनेछ ।

पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक (६.६ महिनामा) रुपमा हुने जनाइएको छ। उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि ७ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ र सानिमाबाट अनवेदन दिन सक्ने छन् । यस्तै नेपाल बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array