कुमारी बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ १ माघ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०८१÷८२ असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ्ग ईकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्