बैंकको ब्याजदर थप सस्तियो

आर्थिक लाइभ
आर्थिक लाइभ ३० मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । बैंकको ब्याजदर थप सस्तिने भएको छ । आगामी पुस महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाबमोजिम मंसिर मसान्त अर्थात् सोमबार नयाँ ब्याजदर सार्वजनिक गरेकोमा दर्जनभन्दा बढी बैंकहरूले निक्षेपको ब्याजदर घटाएरका हुन् ।

घटेको ब्याजदरअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५ प्रतिशत तल झरेको छ । पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ । मंसिर महिनामा सो दर औसत ५.०४०५ रहेको थियो । पछिल्लो महिना बैंकको ब्याजदर ०.२०६५ प्रतिशत बिन्दुले घटेको हो ।

खासगरी, मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले ब्याजदर कोरिडोर घटाएसँगै बैंकहरू थप ब्याजदर घटाउन बाध्य भएका हुन् । यसको असर अब कर्जाको ब्याजदरमा पनि पर्नेछ । बजारमा पर्याप्त तरलताका कारण ब्याजदर यसअघि नै एकल अंकमा झरिसकेकोमा सो थप घट्ने निश्चित छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार १३ बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने सातवटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई पुसमा पनि लागू गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्