इन्धनको मूल्य बढेसँगै सरकारले बढायो गाडी भाडा, कुन रुटमा कति ?

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी भाडा बढाएको सूना जारी गरेको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएपछि यातायात भाडा पनि बढेको हो ।

विभागले अहिले बढाएको भाडा अन्तरप्रदेशमा मात्र लागू हुनेछ । एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी तथा मालबाहक गाडीमा नयाँ भाडा बुधबारदेखि लागू भइसकेको छ । विभागले यात्रुबाहक सवारी साधानमा ४.७० प्रतिशतले भाडा बढाउँदा मालबाहक तराईमा ६.८३ र पहाडमा ६.१५ प्रतिशतले भाडा बढाएको छ ।

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेपछि स्वचालित भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array