छिमेक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कैलपालमाण्डौंद्वारा मृत्यु दावी भुक्तानी

आर्थिक लाइभ
आर्थिक लाइभ १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कैलपालमाण्डौंले मृत्यु दावी भुक्तानी गरेको छ । गन्यापधुरा गाउँपालिका–२ बडालकी राघा लोहारको श्रीमान माहा राम लोहारको मृत्यु भएपछि बीमा वापतको ५२ हजार ५ सय रुयैयाँ नगद हस्तान्तरण गरिएको हो।
उक्त चेक शाखा प्रबन्धक अम्मर बहादुर सिंहले शाखाका अन्य पदाधिकारीहरू तथा स्थानीयको उपस्थितिमा मृतककी श्रीमती राधा लोहार लाई हस्तान्तरण गरेका हुन् ।
मृतककी श्रीमती राधाले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्‍याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

Array