लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलतः राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताएका छन् । आईबीएन मिडिया एन्ड रिसर्चले काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताए ।
‘ऋण लिएपछि तिर्नै पर्छ । लघुवित्तबाट ऋण लिनेहरू कहिल्यै पीडित हुँदैनन् । गलत हल्ला चलाइँदै छ,। ऋण लिएर विलासिताका बस्तु किन्ने गरेको पनि देखिएको छ । त्यो बेचेर पनि ऋण तिर्न सकिन्छ । लघुवित्तले गरिब बनाउँदैन, गरिबी हटाउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array