नेशनल लघुवित्तको नाफा साढे २१ करोड बढीः यस्तो छ अन्य सूचाकांक

आर्थिक लाइभ
आर्थिक लाइभ ३० श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
सार्वजनिक भएको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षमा लघुवित्तले २१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा संकुचन आउदा लघुवित्तको खुद नाफा दबाब पुगेको हो । यस अवधिमा लघुवित्तको सञ्चालन आम्दानी ४०.३४ प्रतिशतले घटेर ३० करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६० प्रतिशतले घटेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

एक अर्ब ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा लघुवित्तले चार अर्ब ५२ करोड ३९ लाख निक्षेप संकलन गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्था मार्फत सापटी गरेर १६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात बढेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५३ प्रतिशत पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी गिरावट भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४८ पैसाबाट घटेर १९ रुपैयाँ ८४ पैसा कायम भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array