निर्धन लघुवित्तले दियो बीमा क्षतिपूर्ति वापतको रकम

आर्थिक लाइभ
आर्थिक लाइभ २६ माघ २०७९, बिहीबार
3 Min Read
Aa

अत्तरीया । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूको मृत्यु भएमा मृतक सदस्यको घरमा आइपर्ने आर्थिक समस्यामा राहत होस् भन्ने उदेश्यले कर्जा बीमा गरी कर्जा बीमा क्षतिपूर्ति वापतको रकम प्रदान गर्दै आइरहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय अत्तरीया अन्तर्गत शाखा कार्यालय स्वास्थ्यचौकी, दोधारा चादनीले एक समारोहका विच बैकंकी ग्राहक सदस्य मृतक उमी देवी दमाईका छोरा अर्जन दमाई बुहारी अन्जली दमाईलाई कर्जा बीमा क्षतिपूर्ति वापतको रकम तीन लाख ४४ हजार ४० रुपैयाँ दोधारा चाँदनी वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बयकको हातबाट प्रदान गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय स्वास्थ्यचौकी, दोधारा चादनीका प्रबन्धक गौतम थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा शाखा प्रबन्धक गौतम ज्ञान थापाले स्व.डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पुर्याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गर्नु भएकोे र अध्यक्ष ज्ञानेन्द्र बयकले लघुबीत्तको कर्जाले साउ महाजनको चर्को ब्याजबाट बचेको र लघुवित्तको कर्जा लिएर ब्यवसाय गर्न चाहनेले स्थानीय निकायसँग सहयोग माग्नुपर्ने र स्थानीय निकाय प्राविधिक लगायत अन्य सहयोग गर्न तयार रहेको बताउनुभयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १८५ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, बाढी, पहिरो, भूकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान/राहत, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान/राहत, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान-राहत र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ । साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौद्धिक विकासमा टेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array