छिमेक लघुवित्त वित्तीय संस्थाको ‘छिमेक मोबाईल बैैंकिङ्ग तथा क्युआरमार्फत भुक्तानी’ कार्यक्रम शुभारम्भ 

आर्थिक लाइभ
आर्थिक लाइभ २२ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना करिव ४ लाख २५ हजार ग्राहक सदस्यहरुलाई गुणस्तरिय लघुवित्त कार्यक्रममार्फत सेवा दिँदै आइरहनुका साथै समय सापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाईज गर्दै लगेको छ ।

मोवाईलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोवारहरुलाई क्यासलेस गर्न सकिने विश्वास जागेको छ । यस वित्तीय संस्थाले पनि आफ्नो छुट्टै मोबाईल बैंकिङ्ग एप मार्फत सदस्यहरुलाई डिजिटल कारोबार गर्ने ब्यवस्था मिलाएको छ । साथै, यस एप अन्तर्गत कलेन्ट आइपिएस र फोन पे सर्भिस मार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिनुका साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट विना झन्झट विल भुक्तानी गर्न सकिने ब्यवस्था मिलाईएको छ । लघुवित्तका सदस्यहरुलाई आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भए पश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने यस एपको अर्को महत्वपुर्ण विशेषता रहेको छ ।

लघुवित्तका सदस्यहरुलाई आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भए पश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने यस एपको अर्को महत्वपुर्ण फिचर रहेको छ । यस वित्तीय संस्थाले आगामी ३ बर्षमा करिव ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिईएको छ । मिति २०७७ साल फाल्गुण देखि इ सेवामार्फतसदस्यले आफ्नो बचत तथा किस्तातिर्ने ब्यवस्थाको पनि नेपाल राष्ट्र बैंकका गभर्नर ज्यूबाट उद्दघाटन सम्पन्न गरिएको थियो । उद्घाटन पश्चात इ–सेवामार्फत हालसम्म करिव एक अर्वको कारोबार गर्न सफल भएको हुँदा यस परिणामले थप नयाँ नयाँ प्रविधिको अवलम्बन गर्न हौसला मिलेको छ ।

तसर्थ यस मोवाईल बैंकिङ्ग मार्फत गाउँ गाउँमा क्यासलेस बैंकिङ गराउने उद्धेश्यले छिमेक मोवाईल बैैंकिङ्गका साथै यस वित्तीय संस्थाको सदस्यको लप्सी क्यान्डी उद्योगका लागी क्युआरमार्फत भुक्तानीसमेतकोकार्यक्रमको समुद्घाटन शुक्रबार, नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा नेपाल राष्ट्र बैंकका का.मु.गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यता सुसम्पन्न भयो ।

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीज्यूले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका का.मु.गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना र काठमाडौं महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकालज्यूबाट पनि डिजिटल कारोवारको महत्व सहित सफलताको लागि सुभकामना मन्तब्य राख्नुभयो । उक्त कार्यक्रम यस वित्तीय संस्थाका अध्यक्षश्री रामचन्द्र जोशी ज्यूबाट प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथि, पत्रकार एवं उपस्थित सम्पुर्ण महानुभावहरुलाई यस कार्यक्रममा आफ्नो अमुल्य समय दिई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु भएकोमा आभार एवं हार्दिक धन्यवाद ब्यक्त गर्दै प्रमुख अतिथि एवं अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array