बाराही हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

आर्थिक लाइभ
आर्थिक लाइभ १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

 काठमाण्डौ ।बाराही हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आगामी आइतबार बाँडफाँट हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ आगामी आइताबार क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिने भएको हो।

कम्पनीले गत मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेकाे थियाे ।

जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array