हर्क साम्पाङलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन

आर्थिक लाइभ
आर्थिक लाइभ १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । धरान उपमहानगर पालिकाका नगर प्रमुख हर्क साम्पाङ राईलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमा निवेदन दिएको छ । राईले केही दिन अगाडि आफ्नो फेसबुकवालमा ‘जोडी खोज्नेहरूको लागि बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि ’ भनी लेखेका थिए ।

राष्ट्रिय दलित आयोगले मङ्सिर २८ गते विज्ञप्ति जारी गरी दलित समुदायको कुनै जात प्रति (चमार प्रति)अपमान हुने अभिव्यक्तिले ती समुदायलाई गम्भीर असर पर्ने भएकोले आत्म आलोचना गर्न समेत गरेको थियो ।

 दलित आयोगले पुनः मङ्सिर २९ गते गृह मन्त्रालयमा मेयर साम्पाङलाई कानुनी कारबाहीको लागि निवेदन पठाएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । आयोगले विज्ञप्ति जारी गरी आत्मालोचना गर्न अनुरोध गर्दा समेत उहाँले उल्टै नेपालको कानुन , संविधान भन्दा पनि माथि रहेको जस्तो गरी अभिव्यक्ति निरन्तर दिए पछि कारबाही को लागि सिफारिस गर्न बाध्य भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Array