अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएका छन्।

कम्पनीले १:१ को अनुपातमा अर्थात (१ कित्ता सेयरबराबर १ कित्ता सेयर) का दरले साबिकका सेयरधनीलाई जारी गर्न लागेको १०० रुपैयाँ अंकित दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धकका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको हो।

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि आज मंसिर २६ गते     दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array