पिपुल्स हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुँदै, ५ लाख १५ हजार ७८० जनाले सेयर पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ बुधबार बाँडफाँट हुँदैछ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा १२ लाख ६८ हजार २१७ जना आवेदकबाट एक अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.९३ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०.६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array