नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, प्लस टु पासले पनि आवेदन दिन पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ ६ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले रिक्त रहेका पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले प्राविधिक र प्रशासन सेवामा ६७ जना कर्मचारीको माग गरेको हो ।
योग्यता पुगेका उम्मेद्वारले विद्युतीय माध्यम मार्फत आवेदन दिन सकिने बैंकद्वारा जारी गरेको सूचनामा उल्लेख छ । शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आज पुस ६ गतेदेखि पुस २६ गते भित्र आवेदन दिन सक्नेछ्न् । दोब्बर दस्तुर तिरेर भने माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

अधिकृत तृतीय श्रेणीको लागि कुनै एक समूहको लागि परीक्षा दस्तुर १ हजार रुपैयाँ र प्रत्येक थप समूहमा सहभागी हुन थप ४०० लाग्ने छ । यस्तै सहायक द्वितीय श्रेणीको लागि कुनै एक समूहको लागि ८०० रुपैयाँ र प्रत्येक समूहमा सहभागी हुन थप ३०० रुपैयाँ लाग्ने छ ।

दरखास्त पेस गर्ने तरिका
सम्पूर्ण विज्ञापनहरुको दरखास्त विद्युतीय माध्यममा नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np को CAREER भित्र गई Online Postal for Open Competition वा https:\\jobs.nrb.org.np\ बाट पेश गर्नुपर्नेछ ।

परीक्षा दस्तुर, विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा पोर्टलमा उपलब्ध ConnectIPS तथा अन्य भुक्तानी सेवा प्रदायक मार्फत बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array