नेपाल बैंकको सिइओ बन्न १९ जनाको आवेदन

आर्थिक लाइभ
आर्थिक लाइभ १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १९ जनाको आवेदन परेको छ । सिइओ छनौट समिती स्रोतका अनुसार आइतबारसम्म अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्तको आवेदन परेको छ ।
यस्तै सिइओका लागि राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलकराज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका हुन् ।

बैंकका तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको चार वर्षे कार्यकाल पूरा भएपछि नयाँ सिइओका लागि असोज २१ मा बैंकले इच्छुक व्यक्तिले २१ दिनभित्रमा दरखास्त दिन सक्ने गरि आवेदन माग गरेको थियो ।

उक्त पदमा आवेदन दिनका लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख थियो । सम्बन्धित क्षेत्रका दश वर्षको कार्य अनुभव भएकाहरुले आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्

Array