काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । साताको अन्तिम कारोबार दिन (बिहीबार) बजारमा उच्च अंकको बृद्धिसँगै उच्च कारोबार भएको छ ।

बिहीबार ४९.१५ अंकले बढ्दै बजार २८१५.०४ को बिन्दुमा उक्लियो । आज २ करोड ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ३९ करोड रुपैयाँको भयो ।

बिहीबार सबैभन्दा बढी बैंकिङ समूह ३.३२ अंकले उचालियो । कारोबारमा आएका १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्यमा सामान्य गिरावट भयो । आज ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
४ कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि भएको छ । आज हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै कारोबार रकम ९६ करोड ४७ लाख रुपैयाँको भएको छ ।
विशेषगरी मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झारिएकाे प्रति लगानीकर्ता सकारात्मक बनेकाे देखिन्छ । जुन नीतिसँगै बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । जसको कारण नै बिहीबार लगानीकर्ता बैंकको सेयरमा झुम्मिए ।




प्रतिक्रिया दिनुहोस्