छिमेक लघुवित्त शाखा कार्यालय भजनीद्वारा मृत्यु दावी भुक्तानी

आर्थिक लाइभ
आर्थिक लाइभ ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनी कैलालीले मृत्यु दावी भुक्तानी गरेको छ । भजनी नगरपालिका ०८ गोचौराकी स्व. जानकी देवी चौधरीको मृत्यु भएपछि बीमा वापतको ३५ हजार रुयैयाँ नगद हस्तान्तरण गरिएको हो।

उक्त नगद रकम भजनी शाखाका पदाधिकारीहरू तथा स्थानीय भद्र भलादमीको उपस्थितिमा मृतकको श्रीमान मानबहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो ।

मृतकको श्रीमान मान बहादुरले पत्नीको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्