साउनसँगै शेयर बजारमा हरियाली, कारोबार रकम ३ अर्ब ५४ करोड

आर्थिक लाइभ
आर्थिक लाइभ २ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा ९ अंकको सुधार आएको छ । आज ९ दशमलव ९१ अंकले सुधार आएर शेयर बजार परिसूचक २१५४ दशमलव ९१ विन्दुमा पुगेको छ ।

मंगलबार २५५ कम्पनीका ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ०४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४०७ दशमलव १० विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्