एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाइने

आर्थिक लाइभ
आर्थिक लाइभ २० असार २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौं । एकै व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। सहकारी विभागले एक व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुनुपर्ने व्यवस्था गरेको हो।
बुधबार निर्देशन जारी गर्दै विभागले दुई वा दुईभन्दा बढी सहकारीमा सञ्चालक रहेका व्यक्तिले ३० दिनभित्र एउटामा मात्रै रहनुपर्ने निर्देशन दिएको छ।
३० दिनभित्रमा पनि एकै समयमा एकै व्यक्ति दुई फरक सहकारीमा सञ्चालक रहेको पाइएमा कारबाही गर्ने विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array