स्क्वायर सहकारीका अध्यक्षसहित तीन पक्राउ

आर्थिक लाइभ
आर्थिक लाइभ २७ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको मख्खन टोलमा सञ्चालित उक्त सहकारीका ध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ७ करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्