समस्याग्रस्त सहकारीको सूची २० पुग्यो, थपियो गौतमश्री

आर्थिक लाइभ
आर्थिक लाइभ १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो सहकारीलाई बुधबार समस्याग्रस्त घोषणा गरको हो ।

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा भएसँगै समस्याग्रस्त सहकारीको सूची २० पुगेको छ । सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेपछि मन्त्रालयले नियमअनुसार समस्याग्रस्त घोषणा गर्दै आएको छ ।
सहकारी विभागका रजिष्ट्रारको प्रस्तावमा बचतकर्ताको रकम फिर्ता नदिने र नियम विपरीत चलेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने गरिएको छ ।

जसमा कुबेर बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ, स्टान्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी यसअघि नै समस्याग्रस्त घोषणा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array