धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

आर्थिक लाइभ
आर्थिक लाइभ १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन ।

मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्ने क्रममा उनले नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो नभएको उल्लेख गर्दे तत्काल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन।

उनले भने, ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए ।

प्रतिक्रिया दिनुहोस्

Array