सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँड हुने तय

आर्थिक लाइभ
आर्थिक लाइभ २१ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड गरिने भएको छ । क्यापिटलले आइतबार प्रि–अलटमेन्ट गरी फागुन २३ गते बुधबार बाँडफाँड गर्नेगरी प्रकृया अगाडि बढाएको भएपनि बाँडफाँडको मिति शुक्रबार पुगेको हो ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको कम्पनीको आईपीओ फागुन २५ गते शुक्रबार एक औपचारिक कार्यक्रम मार्फत बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।

सर्वोत्तमको आईपीओमा उच्च आवेदन परेपनि गोलाप्रथाबाट ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयरको बिक्री खुला भएकोमा न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँड हुने सेयर बाँकी रहेको २६ कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता पाउनेमध्ये २६ जनाले थप १।१ कित्ता गरी ५१ कित्ता बाँडफाँड हुनेछ ।

सर्वोत्तमको आईपीओमा १० लाख १५ हजारभन्दा धेरैले आवेदन दिएका छन् । आईपीओमा आवेदन दिएका लगानीकर्ताको १९ अर्ब ४० करोड ८४ लाखब रुपैयाँ आवेदकको बैंक खातामै रोक्का छ ।

कम्पनीले बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले फागुन १३ देखि १६ गचेसम्म सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

Array