नयाँ स्टक एक्सचेञ्जको विषय अध्ययन गर्न समिति गठन

आर्थिक लाइभ
आर्थिक लाइभ १० माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । निकै विवादित रहेको दोस्रो स्टक एक्सचेञ्जका बारेमा अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक एवं पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा एक कानुन क्षेत्रको विज्ञ र अर्को एक जना चार्टर्ड एकाउन्टेन्ट रहने भए पनि मंगलबारसम्म तिनीहरुको नाम सार्वजनिक भएको छैन । ‘धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन भयो,’ मन्त्रिपरिषद्‌को निर्णयमा भनिएको छ ।

समितिले बजारको अवस्था अध्ययन गरी अहिलेको अवस्थामा दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नरहेको, त्यससँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालगायत पक्षको अध्ययन गरी सरकारलाई प्रतिवेदन पेस गर्ने छ ।
आफ्नो संयोजकत्वमा धितोपत्र बजार सञ्चालन गर्ने संस्थासम्बन्धी अध्ययन गर्न सरकारले समिति गठन गरेको अनौपचारिक जानकारी पाए पनि औपचारिक रुपमा पत्र प्राप्त भइनसकेको राष्ट्र बैंकका सञ्चालक सिवाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array